१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीमा विभिन्न धनमाल जलेर नष्ट



अ+ अ-

काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका-१७ डेभिडफल्स नजिक सञ्चालित शिवप्रसाद श्रेष्ठको कपडा पसलमा आगलागी भएको छ ।

पोखरा-७ रत्नचोकका ५८ वर्षीय श्रेष्ठको कपडा पसलमा आगलागी हुँदा लाखौँका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिकोयकिन विवरण भने हाल नखुलेको प्रहरीले जनाएको छ ।

सर्लाहीको गौडैता नगरपालिका-४ मोदियाही टोलका ४० वर्षीय राजु मण्डलको गोठमा आगलागी हुँदा करिब रु एक लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यस्तै भोजपुरको रामप्रसादराई गाउँपालिका-२ कटुन्जेका रत्नकुमार राईको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा करिब रु चार लाख ३० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काभ्रेको बनेपा नगरपालिका-१३ सुन्दबस्तीका ६५ वर्षीया सपनामाया नगरकोटीको घरमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । रासस