९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक
अ अ+ अ-

कास्की। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरामा आयोजना गर्न लागेको दसौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ अन्तर्गत चार विधामा मनोनयमा परेका १२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मञ्चले पोखरामा आज पत्रकार सम्मेलन गरी वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक गरी चार विधाअन्तर्गत मनोनयनमा परेका ती खेलाडीको नाम सार्वजनिक गरेको हो ।

‘वर्ष उत्कृष्ट पुरुष खेलाडी’को मनोनयनमा जुडोका विज्ञान टी खत्री, टेनिसका प्रदीप खड्का र भलिबलका सन्जु विक्रम शाह पर्नुभएको छ । त्यसैगरी ‘वर्ष उत्कृष्ट महिला खेलाडी’ विधामा आर्चरीकी मोनिका रानामगर, एथलेटिक्सकी नारायणी भण्डारी र जुडोकी मनिषा तामाङ पर्नुभएको छ ।

‘उदीयमान खेलाडी’ तर्फ एथलेटिक्सकी अनुष्का अधिकारी, तेक्वान्दोका सचिन सुनार र ब्याडमिन्टनकी निभा राई मनोनयनमा पर्नुभयो भने ‘वर्ष उत्कृष्ट प्रशिक्षक’को सूचीमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथलेटिक्सका सिद्धान्त अधिकारी पर्नुभएको छ ।

हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसीले मनोनयनमा परेकाहरूको नामावली सार्वजनिक गर्नुभएको हो । मञ्चका अध्यक्ष एमबी आस्था मगरले विगत एक वर्ष अवधिमा खेलाडी तथा प्रशिक्षकले गरेको प्रदर्शनका आधारमा उत्कृष्टभित्र पर्नेको नाम सार्वजनिक गरिएको बताउनुभयो । यसैगरी मञ्चले ‘वर्ष उत्कृष्ट खेल सङ्घ’का रूपमा कास्की जिल्ला क्रिकेट सङ्घ र ‘वर्ष उत्कृष्ट खेल पत्रकार’का रूपमा दीननाथ बराललाई छनोट गरिसकेको छ ।

यस वर्ष कुल नौ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ । जसमा लाइफ टाइम एचिभमेन्ट, स्पेसल अवार्ड र पिपुल्स च्वाइस अवार्ड समेत छन् । पिपुल्स च्वाइस अवार्डका लागि क्रिकेटका विपिन खत्री, फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी र मुवाथाई/आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहनुभएको छ । मञ्चले गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको अवार्डलाई निरन्तरता दिएको हो ।

मञ्चले खेलाडीहरूको मनोबल उच्च राख्न र खेलकुद क्षेत्रको समग्र विकासमा टेवा पु¥याउन अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । वर्ष उत्कृष्ट खेलाडी महिला र पुरुषले एक/एक थान स्कुटर पुरस्कारस्वरूप प्राप्त गर्नेछन् ।

“पोखरा स्पोर्टस् अवार्ड गण्डकी प्रदेशकै ब्राण्ड बनेको छ । खेलकुद क्षेत्रको विकासमा योगदान गर्नेहरुलाई अझ बढी उत्प्रेरित र प्रोत्साहित गर्नका लागि कार्यक्रमले योगदान पुग्नेछ”, मञ्चका अध्यक्ष मगरले भन्नुभयो ।

विगत एक वर्षभरिको प्रदर्शनका आधारमा मनोनयनमा परेका खेलाडीहरूबीच ‘पिपल्स च्वाइस अवार्ड’ का लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । मञ्चका अनुसार यसको विजेता अनलाइन भोटिङ मार्फत घोषणा गरिनेछ । जसका लागि खल्ती एपमार्फत देश तथा विदेशमा रहेकाहरूले भोट गर्न पाउने मञ्चका महासचिव प्रशुराम शर्माले जानकारी दिनुभयो ।

विसं २०५७ मा कास्कीमा स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले विसं २०७२ देखि नियमित रूपमा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ । रासस