काठमाडौं । नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुदको महाकुम्भ १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपतिले गर्ने तय भएको छ । यसअघि राष्ट्रप्रमुखबाट सागको उद्घाटन हुदै आएको थियो । नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ ।
मंसिर १५ गते काठमाडौंको दशरथ रंगशालामा एक भब्य कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन हुने तालिका तय रहेको छ । नेपालमा यसअघि सन् १९८४ र १९९९ मा तत्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उद्घाटनको उद्घाटनमा साग आयोजना भएको थियो ।
त्यसैले तेस्रो पटक नेपालमा आयोजना हुन लागेको सागलाई समेत राष्ट्रप्रमुखबाट उद्घाटन गराउने तय भएको हो । यस्तै, सागको उद्घाटन अघि सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले आगामी मंगलबार साग खेलकुदको नाममा बिशेष सम्बोधन गर्ने तय भएको छ ।
खेलाडीको मनोबल बढाउन र साग खेलकुदको आयोजनामा सबैको सहभागीताका लागि प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । सागका लागि तयार पारिएका भौतिक पुर्वाधारका साथै दशरथ रंगशालाको निरिक्षण गर्ने पनि सोही दिन उनले गर्ने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।