इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसंग चेल्सी पराजित भएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई २–१ गोल अन्तरले सिटीले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीको एक गोलले पछि परेको स्थिति उल्टाएर जित निकालेको हो । एनुगोलो कान्टेले खेलको २१ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, केभिन डी ब्रुएनले २९ औं मिनेटमा गोल गर्दै सिटीलाई खेलमा फर्काए ।
त्यसपछि ३७ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । जितसँगै १३ खेलबाट २८ अंक जोडेको सिटी लिगको तेस्रो स्थानमा रहेको छ । १३ खेलमा २६ अंक जोडेको चेल्सी चौंथो स्थानमा रहेको छ ।