१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ औं साग गुमाउनेमा विमलसहित तीन खेलाडी



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कारबाहीमा परेका स्ट्राइकर विमल घर्ति मगरसहित तीन खेलाडीले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका छन् । उनीहरु विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि अनुशासनको कारबाहीमा परेका थिए । विमलसहित मिडफिल्डर अन्जन बिष्ट र डिफेन्डर दिनेश राजवंशीले साग खेल्न नपाउने पक्का भएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग छलफल गर्दै एन्फाले उनीहरुलाई टिम बाहिर राख्ने निर्णय गरेको साग टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले खुलाएका छन् । ‘राखेपका पदाधिकारीसँग छलफल गरेर हामीले नयाँ खेलाडी ल्याएका छौँ, ‘प्रशिक्षक महर्जनले भने, ‘अनुशासनको कारबाहीमा परेका खेलाडीले साग खेल्ने छैनन् ।’

उनीहरुको स्थानमा नयाँ तीन खेलाडी टिममा राखिएको समेत प्रशिक्षक महर्जनले बताए । प्रशिक्षक महर्जनका अनुसार टिममा प्रिजेन तामाङ, राजिब लोप्चन र राजेश परियार बोलाईएको छ । कुवेतसँगको खेलका लागि भुटान प्रस्थान गर्ने अघिल्लो रात नाइट क्लब गएपछि एन्फाले टिममा रहेका चार खेलाडीलाई कारबाही गर्दै टिमबाट हटाएको थियो ।

जसमध्ये मिडफिल्डर सन्तोष तामाङ भने साग खेल्ने टिममा थिएनन् । तीनै खेलाडी भारतमा भएको १२ औं सागमा नेपालले स्वर्ण जित्दा टिममा रहेका थिए ।