२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सलाई



अ+ अ-

युएईमा भएको टी–१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले उठाएको छ । आइतबार राति भएको फाइनलमा अरेबियन्सले डेकन ग्लाडीयटर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । आबु धाबीमा ग्लाडीयटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाएका थिए । ग्लाडीयटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले एक एक विकेट मात्र लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ग्लाडीयटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो । उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन बनाएका थिए । अरेबियन्सका ड्वाने ब्राभोले २ विकेट लिए ।