२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युनाइटेड बराबरीमा रोकियो



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडसँग बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा नव प्रवेशी क्लब सेफिल्डसँग ३–३ गोलको बराबरी युनाइटेडले खेलेको हो । सेफिल्डको मैदानमा युनाइटेडका लागि ब्राण्डन विलियम्स, मासुन ग्रीनवुड र मार्कोस राष्फोर्डले एक एक गोल गरेका थिए ।

सेफिल्डका लागि जोन फ्लेक,लेस मोसेट र ओलिभर म्याकब्रुनीले एक एक गोल गरेका हुन् । निकै रोमान्चक बनेको खेलमा सुरुवाती अग्रता भने सेफिल्डले बनाएको थियो । जोनले खेलको १९ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा मोसेटले गोल गर्दा सेफिल्ड २–० ले अघि रह्यो । विलियम्सले खेलको ७२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने कोशिस गरे ।

७७ औं मिनेटमा ग्रीनवुडले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । विलियम्स र ग्रीनवुडको यो पहिलो प्रिमियर लिग गोल हो । लगत्तै ७९ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३(२ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा सेफिल्डका ओलिभरले गोल गर्दा खेल ३३ को बराबरीमा सकिएको थियो ।

यो बराबरीसँगै युनाइटेडले १३ खेलबाट १७ अंक जोडेको छ । र, युनाइटेड नवौं स्थानमा उक्लिएको हो । सेफिल्ड १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।