पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले यस वर्षको बालेन डीुओर जित्नका लागि आफु लायक नभएको बताएका छन् । उनले करियरको अगामी दिनमा भने सो सम्मान हासिल गर्न सकिने बताएका हुन् । अवार्डको प्रारम्भिक सूचीमा भने २० बर्षिया खेलाडी एम्बाप्पे अटाएका छन् । लिभरपुलका भर्जिल भान डिजिक, बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अवार्डका मुख्य दाबेदार हुन् ।
बालेन डी ओर जित्ने सम्भावाबारे एम्बाप्पेले भनेका छन्, ‘म निकै व्यवहारिक हुनुपर्छ । म यसको लायक छैन । त्यहाँ तीन खेलाडी यसको मुख्य दाबेदार हुन् ।’ उनले भने व्यक्तिगत रुपमा आफुले धेरै अवार्ड जितेको तर फुटबल एक्लै नखेलिने भएको हुँदा हार र जितलाई स्विकार गर्नैपर्छ । उनले सन् २०१९ मा पीएसजीबाट लिग वानको उपाधि जितेका थिए ।
तर पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा म्यान्चेष्टर युनाईटेडबाट निराश भएको थियो । च्याम्पियन्स लिगको उपाधि जित्न सफल डिजिक अवार्डका मुख्य दोबदार हुन् । उनको क्लब लिभरपुल प्रिमियर लिगमा दोस्रो बनेको थियो ।
यस्तै बार्सिलोनाका मेस्सी समेत छैटौ पटकका लागि अवार्डको मुख्य दाबेदार मानिएका छन् ।व्यक्तिगत रुपमा सबै प्रतियोगितामा क्लबबाट ५० गोल पुरा गरेका उनले ला लिगाको उपाधि रक्षा गरेका थिए ।