६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्लबमा इब्राहिमोबिच आउनुको कुनै अर्थ छैन, मौका दिँदिन: मोरिन्होले



अ+ अ-

इन्ग्लिश क्लब टोटेनहमका मुख्य प्रशिक्षक जोसे मोरैन्होले स्वीडेनमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोबिचलाई क्लब ल्याउने कुनै योजना नरहेको बताएका छन् । क्लब विहिन रहदा र मोरिन्होसँगको सम्बन्ध निकै राम्रो रहेको कारण ज्लाटन इन्ग्लिश क्लब फर्कने अड्कल काटिदै आएको छ । तर हालसम्मका लागि भने अमेरिकी क्लब एलए ग्यालेक्सीसँगको सम्झौता सकिएसँगै ज्लाटन अहिले क्लब विहिन रहेका छन् ।

मोरिन्होले क्लबमा ह्यारी केन जस्ता उत्कृष्ट स्ट्राइकर आफुहरुसंग रहेको कारण ज्लाटन अनुबन्ध गर्नु कुनै अर्थ नहुने बताएका हुन् । ‘क्लबमा ज्लाटन आउनुको कुनै अर्थ रहदैन् । हामीसँग केन छ । तर उसले विश्वको कुनै पनि क्लबमा खेल्न सक्छ । उ अनौठो खेलाडी हुन् । अनौठो व्यक्ति हुन् । तर, म मौका दिँदिन,’ मोरिन्होले भने ।

ज्लाटनले मोरिन्होसँग इटालियन क्लब इन्टर मिलान र इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा खेलिसकेका छन् । ज्लाटनले मोरन्होको नेतृत्वमा युनाइटेडबाट युरोपा लिग र ईएफएल कप जितेका थिए ।