च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडविरुद्ध पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बराबरी खेलेको छ । मंगलबार राति भएको रियलको घरेलु मैदानमा पीएसजीले पुनरागमन बराबरी खेलेको हो ।खेल रियलको कब्जामा रहेको थियो । रियलसंग २–० ले पछाडी रहेको अवस्थालाई सुधार गर्दै पीएसजीले अन्तिम तीन मिनेटको अन्तरमा सबैलाई अचम्मित पार्दै दुई गोल गर्दै अंक खोस्न सफल भयो र खेललाई बराबरीमा टुङ्ग्याउन सफल रह्यो ।
रियलको लागि खेलमा बेन्जिमाले १७ औ मिनेटको गरेको गोलबाट अग्रता दिलाएका थिए । बेन्जिमाले ७९ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–० को अवस्थामा पुर्याएका थिए ।
तर ८१ औ मिनेटमा केलियन एम्बाप्पले र ८३ औ मिनेटमा पाब्लो साराबियाले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए र बराबरीमा खेल स्थगित गराए । दुवै टोलीले अन्तिम १६ मा स्थान बनाएका छन् ।