१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सीको प्रभावमा बार्सिलोना नकआउट चरणमा प्रवेश



अ+ अ-

बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाद्वारा बोरुसिया डर्टमण्ड ३–१ ले हारेको हो । लियोनल मेस्सीले बार्सिलोनाका जर्सीमा ७ सयौ खेल खेल्दा बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल रह्यो ।बार्सिलोनालाई जित दिलाउन लुईस स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरेका थिए । यता डर्टमण्डका लागि भने जाडोन साञ्चोले एक गोल फर्काएका हुन् ।

बार्सिलोनाले २९ औ मिनेटमा स्वारेजको गोलबाट खेलमा अग्रता लिएको थियो । मेस्सीको पासलाई सदुपयोग गर्दै स्वारेजले बार्सालाई अग्रता दिलाएका हुन् । चार मिनेटपछि नै फेरी मेस्सीले घरेलु टोली बार्साको लागि गोल थप्दै अग्रता दोब्बर पारेका थिए । क्लबका लागि ६ सय १३ गोल गर्न मेस्सी सफल रहेका छन् ।

फेरीपनि मेस्सीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे । युवा स्टार सान्चोले ७७ औ मिनेटमा पाहुना टोलीका लागि एक गोल फर्काएका हुन् ।समूह एफको शीर्ष स्थानको बार्सिलोनाले ५ खेलबाट ११ अंक जोड्यो । डर्टमण्ड ७ अंक सहित तेस्रो स्थानमा रह्यो ।