२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र भारत भिड्दै



अ+ अ-

काठमाडौं । तेह्रौ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले स्वर्ण पदकको दाबेदारको रुपमा रहेको भारतको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा हुने समूहचरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो टोली भारतविरुद्व जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रदैछ ।

नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन । नेपालमै भएको दक्षिण एशियाली महिला भलिबल प्रतियोगितामा नेपाल र भारतको भेट भएको थियो । जसमा भारतले नेपाललाई पराजित गरेको थियो ।

साग अन्तर्गत महिला भलिबलमा भारतले लगातार स्वर्ण जित्दै आइरहेको छ । नेपाल कास्य पदक भन्दामाथि उठ्न सकेको छैन । दक्षिण एशियाली राष्ट्रमा भारत र श्रीलङ्का बलियो टोलीको रुपमा रहेको छ ।
त्यस्तै यसअघि हिजो भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको थियो । यता भारत भने आफ्नो पहिलो खेल खेल्दैछ ।

भारतविरुद्धको खेलमा कप्तान अरुणा शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, सुनिता खड्का, साफिया पुन, उषाकुमारी विष्ट, हीरा केसी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ छन् । खेल साझ ५ बजेपछि शुरु हुनेछ ।