युरोपा लिग फुटबलमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग पराजित भएको छ । बिहिबार राति भएको समूह चरणको खेलमा युनाइटेड २–१ गोल अन्तरले पराजित भएको हो । जेसे लिंगार्डले खेलको १० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा घरेलु टोली खेलमा फर्किएको थियो ।
दिमित्री शोम्कोले खेलको ५५ औं मिनेटमागोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २–१ ले विजयी भयो । युनाइटेड पराजित भएपनि समूह एलको शीर्ष स्थानमा रहेको छ ।
यस अघि नै नकआउट चरणमा पुगिसकेको युनाइटेडले ५ खेलमा १० अंक जोडेको छ । अस्टनाको यो पहिलो जित हो । अस्टनाले खेलमा ५ खेलमा ३ अंक जोडेको छ ।