१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग: पहिलो दिन कुन–कुन खेल हुँदैछ ?



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज (आइतबार) हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ विशेष कार्यक्रमकाबीच सागको उद्घाटन आज हुनेछ । बुधबारबाट भलिबल खेल सुरु भईसकेको छ । सागको उद्घाटनसँगै आजबाट विभिन्न खेलहरुको समेत प्रतिस्पर्धा सुरु हुनेछ ।

सागको पहिलो दिन आज काठमाडौंमा भलिबल, कराते र खोखोको खेल सुरु हुनेछ भने पोखरामा ब्याडमिन्टन हुनेछ । राखेप कभर्ड हलमा आज बिहान ११ बजेपछि हुने पुरुष भलिबलतर्फको पहिलो सेमिफाइनलमा भारत र श्रीलंकाबीच खेल हुनेछ । यस्तै दिउँसो साढे एक बजेपछि हुने दोस्रो सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा छ ।

करातेको भने आज उद्घाटन र खेल तालिका मात्रै सार्वजनिक कार्यकम रहेको छ भने प्रतिस्पर्धा सोमबारबाट हुनेछ । खोखोमा महिला र पुरुष दुवैतर्फको खेल किर्तिपुर नयाँ बजारमा हुनेछ ।

महिलातर्फ नेपालले बंगलादेशको सामना र भारतले श्रीलंकासँग खेल्ने खेल तालिका रहेको छ । पुरुषतर्फ भने भारतले श्रीलंका र नेपालले बंगलादेशसँग खेल्नेछ । खेलहरु ९ बजेपछि सुरु मात्र हुनेछ ।