१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै वायर्नको हार



अ+ अ-

जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले घरेलु मैदानमा हार व्यहोरेको छ ।शनिबार राति भएको खेलमा वायर्नलाई वायर लिभरकुसेनले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको १० औं मिनेटमा लियोन बेलीले गोल गर्दै लिभरकुसेनलाई अग्रता दिलाएका थिए ।

तर थोमस मुलरले ३४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । तर, खेलको ३५ औं मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई २–१ को जित दिलाए । यस्तै खेलको ८१ औं मिनेटमा जोनाथनले रातो कार्ड पाउँदा लिभरकुसेन अन्तिम १० मिनेट १० खेलाडीमा समेटिएको थियो ।

यो हारसँगै वायर्न लिगको चौंथो स्थानमा झरेको छ । वायर्नले १३ खेलमा २४ अंक जोडेको छ भने लिभरकुसेन २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।