७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

कोइला आयात प्रकरणबारे छानविनको आदेशपछि श्रीलङ्काका ऊर्जा मन्त्रीद्वारा राजिनामा

कोइला आयात प्रकरणबारे छानविनको आदेशपछि श्रीलङ्काका ऊर्जा मन्त्रीद्वारा राजिनामा
फाइल फोटो
अ+ अ-

कोलम्बो। कोइला आयातमा ठूलो मात्रामा भ्रष्टाचार भएको आरोपको छानबिन गर्न राष्ट्रपतिले आदेश दिएपछि श्रीलङ्काका ऊर्जा मन्त्री कुमार जयकोडीले शुक्रबार राजीनामा दिनुभएको छ ।

गत हप्ता सरकारी लेखा परीक्षणले देशको सबैभन्दा ठूलो ९०० मेगावाटको ‘थर्मल पावर प्लान्ट’लाई पूर्ण क्षमतामा सञ्चालन गर्नबाट रोकेको पाइएको खुलासा गरेपछि अनुरा कुमार दिसानायकेले छानविनका लागि निर्देशन दिनुभएको हो ।

अभावलाई पूरा गर्न राज्य उपयोगिताले मध्य पूर्व द्वन्द्वले निम्त्याएको विश्वव्यापी ऊर्जा सङ्कटको समयमा अधिक महँगो डिजेल उत्पादनमा भर परेको आरोपपछि राष्ट्रपतिको निर्देशन आएको हो ।

राष्ट्रपति दिसानायकेले कोइला आयातमा कुनै अनियमितता वा गैरकानुनी गतिविधि भएको छ कि छैन भन्ने छानबिन गर्न विशेष राष्ट्रपति आयोग गठन गर्नुभएको छ।

मन्त्री जयकोडीले निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाउन सहयोग गर्नका लागि राजीनामा दिएको सरकारका उच्च पदस्थ अधिकारीले जानकारी गराएका छन् ।

गहिरो जरा गाडेको भ्रष्टाचार अन्त्य गर्ने वाचासहित सन् २०२४ सेप्टेम्बरमा सत्तामा आएका दिसानायकेलाई कोइला खरिद प्रकरणले लज्जित बनाएको छ।

उहाँको कार्यालयले सरकारले सन् २००९ देखि भएको कोइला खरिदबारे अनुसन्धान गर्ने बताएको छ ।

राष्ट्रिय लेखा परीक्षण कार्यालयले भनेको छ, “भारतीय आपूर्तिकर्तालाई निर्दिष्ट क्यालोरी मूल्यभन्दा कम कोइला प्रदान गरेबापत २.३३ अर्ब भारु (७.६५ मिलियन डलर) जरिवाना गरिनु पर्छ, जुन कोइला जलाउँदा निस्कने ऊर्जाको मापन हो।”

लेखापरीक्षण कार्यालयले भनेको छ, “कमसल कोइलाबाट राज्यको विद्युत उपयोगितालाई प्रत्यक्ष घाटा २.२४ अर्ब भारतीय रूपैयाँ (७० लाख ३३ हजार डलर ) अनुमान गरिएको थियो, जुन जरिवानाको माध्यमबाट असुल गर्न सकिने रकमभन्दा कम हो।”

यद्यपि विपक्षीहरूले भनेका छन्, “घटाइएको कोइला उत्पादनको लागतलाई क्षतिपूर्ति गर्न डिजेलको प्रयोगले अनुमानित आठ अर्ब भारु (दुई करोड ६० लाख डलर) खर्च हुन्छ यो आँकडा धेरै कम हुन सक्छ।”

विश्वव्यापी ऊर्जा सङ्कटको सामना गर्दै अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्न थालेपछि सरकारले बिजुलीको मूल्य ४० प्रतिशतसम्म र इन्धनको मूल्य एक तिहाइले बढाएको छ।

श्रीलङ्काले आफ्नो सबै तेल र कोइला विदेशबाट आयात गर्छ ।  (रासस/एएफपी)