७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

‘काठमाडौं प्रहरीको ६ महिने ‘सुरक्षा अडिट’: ९४ प्रहरी संरचनाको पुनर्निर्माण सम्पन्न, प्रविधिमैत्री बन्दै अनुसन्धान’

‘काठमाडौं प्रहरीको ६ महिने ‘सुरक्षा अडिट’: ९४ प्रहरी संरचनाको पुनर्निर्माण सम्पन्न, प्रविधिमैत्री बन्दै अनुसन्धान’
अ+ अ-

 काठमाडौँ।  जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो ६ महिनामा सम्पादन गरेका कामहरूको अर्धवार्षिक समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाइएको जनाएको छ ।

परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले भाद्रको विनाशकारी घटनापश्चात क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणसँगै प्रहरी सेवालाई आधुनिक प्रविधिसँग जोडिएको जानकारी दिनुभयो ।

एसपी भट्टराईकाअनुसार, भाद्र २३ र २४ गतेको घटनामा काठमाडौं जिल्लाका १ सय २७ प्रहरी संरचनामध्ये ४२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । हालसम्म ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जसमा गौशाला, बानेश्वर र जनसेवा जस्ता महत्वपूर्ण युनिटहरू रहेका छन् ।

प्रहरीले अनुसन्धान र अभियोजनलाई चुस्त बनाउन ‘फाइल ट्रयाकिङ सिस्टम’ शुरु गरेको छ । यस अवधिमा ३० हजार ६ सय पटक फोन सम्पर्क, १ हजार ७ सय एसएमएस र १ हजार ५ सय ५० इमेलमार्फत उजुरीकर्ता र पीडितहरूसँग फलोअप गरिएको छ । ८३ हजारभन्दा बढी सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ ।

राजधानीमा परम्परागत अपराधको तुलनामा साइबर र आर्थिक अपराधको जोखिम बढ्दै गएको एसपी भट्टराईले बताउनु भयो । काठमाडौंमा हुने कुल अपराधको ८५ प्रतिशत हिस्सा बैंकिङ कसुर, अभद्र व्यवहार र चोरी जस्ता १० वटा मुख्य कसुरले ओगटेका छन् ।

पछिल्लो ६ महिनामा ५ हजार ५ सय ६६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये बैंकिङ कसुरका मुद्दाहरू सबैभन्दा धेरै छन् । साइबर अपराधतर्फ १ हजार ३ सय ३० वटा उजुरी प्राप्त भएका छन्, जसमा अनलाइन सपिङ फ्रड प्रमुख देखिएको छ । ओटीपी चोरी र आईडी बुस्टिङका नाममा हुने ठगी पनि नयाँ चुनौतीका रूपमा देखापरेका उहाँले बताउनु भयो ।

एसपी भट्टराईले भन्नुभयो, ‘मानिसहरू घरबाटै सेवा चाहन्छन्, जसले गर्दा अनलाइन सपिङ फ्रड बढ्दो छ । भर्चुअल माध्यमबाट हुने यस्ता अपराधको अनुसन्धानमा केही कानूनी र प्राविधिक जटिलता भए पनि हामीले प्रभावकारी रेस्पोन्स दिने प्रयास गरिरहेका छौं ।’

साथै, हुन्डीमा २ करोड ६३ लाख र सम्पती शुद्धीकरणमा २९ करोड बराबरको विगो दाबीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी भट्टराईकाअनुसार, पछिल्लो ७ महिनामा काठमाडौं प्रहरीले विभिन्न सडक दुर्घटना र विपद्मा परेका २ हजार २ सय ५० जनालाई तत्काल उद्धार गरी अस्पताल वा घरसम्म पु¥याउने काम गरेको छ । हराएका व्यक्तिहरूको खोजी कार्यमा पनि प्रहरी सक्रिय देखिएको छ ।

यस अवधिमा हराएका १ हजार ४ सय जनामध्ये १ हजार २ सय १९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ । त्यसैगरी, काठमाडौंका नागरिकको पहिचान र आर्थिक कारोबारसँग जोडिएको मोबाइल सेट हराउने दर पनि उच्च छ । हराएका ६ हजार ९० मोबाइलमध्ये १ हजार ८९ वटा सेट फेला पारी धनीलाई बुझाइएको छ ।

आत्महत्याको प्रयास गर्ने र कोठामा थुनिएर रहेका व्यक्तिहरूको रेस्क्यु तथा सडकमा रहेका असाहाय व्यक्तिहरूलाई कल्याणकारी संस्थासम्म पु¥याउने कार्यलाई पनि प्रहरीले निरन्तरता दिएको छ । एसपी भट्टराईले यस्ता सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने र प्रहरीको उपस्थिति नै नागरिकको सुरक्षाको ग्यारेन्टी भएको स्पष्ट पार्नुभयो ।

२०८२ भदौ २३ र २४ गते काठमाडौंमा भएको ठूलो जनधनको क्षतिबारे बोल्दै भट्टराईले उक्त घटनामा ४९ जनाको ज्यान गएको र ४२ शवको पहिचान भई ज्यान सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको बताउनु भयो ।

एसपी भट्टराईले जानकारी दिएअनुसार सो घटनासँग सम्बन्धित कुल २१० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २०९ वटाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरिएको छ । सोही घटनाको सिलसिलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको र हाल उहाँहरू हाजिरी जमानीमा रहनुभएको प्रहरीले जनाएको छ ।

यस घटनाका क्रममा १ सय ८१ वटा हातहतियार बरामद गरिएको छ भने फरार रहेका १ सय ६२ कैदी र ९० थुनुवालाई पुनः पक्रेर कारागार चलान गरिएको उहाँले बताउनु भयो । प्रहरीले सीसीटीभी फुटेज, डीएनए परीक्षण र प्रत्यक्षदर्शीको बयानका आधारमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

राजधानीमा प्रहरीको उपस्थिति ढिलो भएको गुनासो आइरहँदा जिल्ला प्रहरी परिसर काठमाडौंले चैत्र महिनामा मात्र प्रहरीको १०० नम्बरमा २६ हजार ८ सय ८९ कल आएको बताउनु भयो ।

जसमध्ये १० हजार ९५ वटा कलमा प्रहरी फिल्डमै पुग्नुपर्ने देखिएको उहाँले बताउनु भयो । प्रहरीको तथ्यांकअनुसार ७ प्रतिशत घटनामा ५ मिनेटभित्र र २६ प्रतिशत घटनामा १० मिनेटभित्र प्रहरी पुग्ने गरेको छ । तर १८ प्रतिशत घटनामा भने प्रहरी पुग्न २५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ ।

एसपी भट्टराईकाअनुसार ट्राफिक जामका कारण सवारी साधन जक्सनहरूमा रोकिनुपर्ने अवस्था, भदौको घटनामा सवारी साधनहरू नष्ट भएपछि देखिएको साधनको न्युनता, चक्रपथ विस्तारका कारण पहिलेका प्रहरी बीट र साना युनिटहरू विस्थापित हुनु समस्याको कारण रहेको बताउनु भयो ।

प्रहरीले आगामी दिनमा यो ‘रेस्पोन्स टाइम’ लाई १० मिनेटको औसतमा झार्ने लक्ष्य राखेको छ । यसका लागि ड्रोन पेट्रोल र साना सवारी साधनको प्रयोग बढाउन लागिएको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल