१३ भाद्र २०८३, शनिबार
,
Latest
सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन



अ+ अ-

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ जिल्ला प्रहरी परिसर कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

उहाँलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गर्नुभएको थियो । गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्न/गराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन दिनुभयो । प्रहरीले कर्तव्यपालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा गर्नुभयो ।

गृहमन्त्री गुरुङले आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरीबीच मित्रवत् सम्बन्ध कायम राख्न शिष्ट बोली, वचन र व्यवहार आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने बताउनुभयो । समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण माध्यम रहेको धारणा राख्नुभयो ।

नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरीले सेवा उपलब्ध गराउन सुझाव दिँदै गृहमन्त्री गुरुङले विभिन्न प्रकारका विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।