१४ श्रावण २०८३, बिहीबार
,
Latest
खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आरसीबीको विजयी सुरुवात



अ+ अ-

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ।

चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो। हैदराबादले दिएको २०२ रनको बलियो लक्ष्य बेंगलुरुले १५.४ ओभरमै पूरा गर्‍यो।

बेंगलुरुको जितमा कोहलीले अविजित रहँदै ३८ बलमा ६९ रन बनाए । उनले ५ चौका र ५ छक्का प्रहार गरे । पडिक्कलले २६ बल खेल्दै ७ चौका र ४ छक्कासहित ६१ रन बनाए । विराट कोहली कप्तान रजत पाटिदारले १२ बलमा ३१ रनको आक्रमक पारी खेले ।

हैदराबादका लागि डेभिड पेनले २ विकेट लिए भने जयदेव उनादकट र हर्श दुबेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर २०१ रन बनाएको थियो । कप्तान इशान किशनले ३८ बलमा सर्वाधिक ८० रन बनाए भने अनिकेत वर्माले २१ बलमा ४३ रन बनाए । हेनरिच क्लासेनले ३१ रन बनाए ।

हैदराबाद २९-३ मा भएको अवस्थाबाट किशन र क्लासेन मिलेर ९७ रनको साझेदारी गरेका थिए । फिल साल्टको शानदार क्याचमा क्लासेन आउट भएका थिए भने सेट ब्याटर किशनको क्याच पनि साल्टले नै लिएका थिए ।

आरसिबीका लागि ज्याकब डफीले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । रोमारियो शेपहर्डले ४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयाश शर्माले १-१ विकेट लिए ।