९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

‘होमस्टे सर्किट’मार्फत पर्यटन प्रवर्द्धन गर्दै बन्दीपुर-व्यास

‘होमस्टे सर्किट’मार्फत पर्यटन प्रवर्द्धन गर्दै बन्दीपुर-व्यास
अ अ+ अ-

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न होमस्टे (घरबास)हरूलाई एउटै सर्किट (क्षेत्र)मा आबद्ध गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सामुदायिक होमस्टे सर्किट तथा पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ ।

ग्रामीण पर्यटनलाई व्यवस्थित, दिगो र आयमुखी बनाउने लक्ष्यसहित होमस्टे सर्किटको अवधारणसँगै पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमअन्तर्गत बन्दीपुर-२ को मोहोरिया र रामकोट, व्यास-१४ कुलुङ, केशवटार, रुम्सी, बन्दीपुर-६ धरमपानी, व्यास-१२ कमलाबारी, बन्दीपुर-५ कोरिखा तथा बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज पहिलो दिन मोहोरिया, रामकोट, कुलुङ, केशवटार र रुम्सीमा अवलोकन सम्पन्न गरिएको छ ।

आइतबार धरमपानी होमस्टे, ऐतिहासिक हुस्लाङकोट गढी, कमलाबारी, कोरिखा र बन्दीपुर सामुदायिक होमस्टेमा अध्ययन अवलोकन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार बन्दीपुर-केशवटार होमस्टे सर्किटमार्फत छुट्टाछुट्टै रहेका होमस्टेलाई एकीकृत गर्दै समग्र पर्यटन प्रवर्द्धन गर्ने योजना अघि बढाइएको हो ।

“यो सर्किटले पर्यटकलाई एउटै यात्रामा विविध गाउँ, संस्कृति र जीवनशैली अनुभव गर्ने अवसर दिने विश्वास छ”, अध्यक्ष थापाले भन्नुभयो । करिब ७५ किलोमिटर चक्रीय दूरीमा फैलिएको उक्त सर्किटले १४ होमस्टेसहित २० भन्दा बढी गाउँलाई समेट्नेछ । सर्किटभित्र गुरुङ, मगर, नेवार, क्षेत्री, ब्राह्मण तथा दलित समुदायबाट सञ्चालित होमस्टेमा स्थानीय खाना, वेशभूषा, संस्कार–संस्कृति र परम्परागत जीवनशैली नजिकबाट अनुभूति गर्न सकिनेछ ।

कार्यक्रममार्फत होमस्टे सञ्चालकलाई आफ्ना सेवासुविधा गुणस्तर सुधार, सरसफाइ, आतिथ्य सत्कार, स्थानीय उत्पादनको प्रवर्द्धन, कलासंस्कृतिको संरक्षण र प्रवर्द्धन, डिजिटल प्रचारप्रसारलगायत विषयसम्बन्धी अभिमुखीकरण दिइने जनाइएको छ । साथै, सर्किटभित्र पर्ने ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाहरूको पहिचान र संरक्षणमा पनि जोड दिइनेछ ।

यस सर्किटले आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ अवधि लम्ब्याउने, स्थानीय उत्पादनको खपत बढाउने र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै बसाइँसराइ न्यूनीकरणमा समेत यसले योगदान पुर्‍याउने विश्वास लिइएको अध्यक्ष थापाले बताउनुभयो ।

मुलुकको पहिलो व्यवस्थित होमस्टे सर्किटका रूपमा विकास गर्ने लक्ष्यसहित अघि बढाइएको यस योजनाको प्रारम्भिक छलफल भइसकेको छ । उक्त छलफलमा पहिलो चरण दुवै पालिकाका जनप्रतिनिधि, पर्यटन तथा संस्कृतिविद्, पर्यटन व्यवसायी र प्राविधिक टोलीले सर्किटभित्रका सबै होमस्टे गाउँहरूको स्थलगत अध्ययन र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो ।

पर्यटनविज्ञ हरिसिंह गुरुङका अनुसार बन्दीपुरले अघि सारेको यो अवधारणा सफल भएमा मुलुकको नमूना ग्रामीण पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्नेछ ।

“यो केवल पर्यटन होइन, समुदायको समग्र रूपान्तरणसँग जोडिएको अभियान हो । यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनाका साथै रोजगारीका अवसरहरू सिर्जना गर्नेछ”, उहाँले भन्नुभयो । रासस