९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

गण्डकीमा दुई क्षेत्रको नतिजा आउन बाँकी

गण्डकीमा दुई क्षेत्रको नतिजा आउन बाँकी
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेशका कुल १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमध्ये १६ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब गोरखाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ । गोरखा–१ र २ मा मतगणना जारी छ ।

परिणाम सार्वजनिक भइसकेका १६ निर्वाचन क्षेत्रमध्ये १३ वटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी बनेका छन् भने दुई निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार जितेका छन् । एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी बन्नुभएको छ ।

कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन् । कास्की–१ मा ३९ हजार ८३३ मतसहित खड्कराज पौडेल, कास्की–२ मा ३१ हजार ९११ मत ल्याएर उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी बन्नुभएको हो । बागलुङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी बनेका छन् । बागलुङ–१ मा सुशील खड्का २० हजार ९२७ र बागलुङ–२ मा सोम शर्मा १२ हजार ६४७ मतसहित विजयी हुनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बनेका छन् । स्याङ्जा–१ मा धनञ्जय रेग्मी र स्याङ्जा–२ मा झविलाल डुम्रे विजयी हुनुभएको छ । रेग्मीले २९ हजार ३१ र डुम्रेले २५ हजार ३३५४ मत प्राप्त गर्नुभयो । तनहुँका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णीम वाग्ले ३८ हजार ४० मतसहित विजयी हुनुभएको छ । तनहुँ–२ मा श्रीराम न्यौपाने ३२ हजार ६८७ मतसहित विजयी बन्नुभएको छ ।

यस्तै नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बनेका छन् । नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बन्नुभएको छ । गौतमले ५० हजार ९४५ र खनालले ४१ हजार ३४७ मत प्राप्त गर्नुभएको छ । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी बन्नुभएको छ । पवर्तमा रास्वपाकै सागर भुसाल २६ हजार ५६१ मतसहित विजयी बन्नुभएको छ ।

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बन्नुभएको छ । उहाँले २२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । मुस्ताङमा नेपाली काँग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मत ल्याएर विजयी बन्नुभएको छ । मनाङमा पनि नेपाली काँग्रेसकै टेकबहादुर गुरुङ विजयी बन्नुभएको छ । उहाँले दुई हजार ४१५ मत ल्याउनुभयो । रासस