१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ, महामन्त्री थापा भन्छन्- ‘समाजसँग बालबालिकालाई जोड्न आवश्यक’ (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताउनु भएको हो । उहाँले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताउनु भयो ।

महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताउनु भयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ । जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ । आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ । बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ । सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ । कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो । समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो । पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ । नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो ।’

भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका  २÷२ वटा जिल्लामा शुरु हुनेछ ।  उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताउनु भयो ।