९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ

हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ
अ अ+ अ-

काठमाडौँ । कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको बताएकी छन् ।

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपछि गुरुङले गाउँबस्तीमा पुग्दा आमाबुबाले भोगिरहेका पीडा र समस्याले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको बताएकी हुन्। ती समस्याको समाधान खोज्ने जिम्मेवारी आफूले महसुस गरेको उनको भनाइ छ।

गुरुङले मतदाताबाट प्राप्त निवेदन तथा समस्यासम्बन्धी पत्रहरू व्यवस्थित रूपमा फाइलिङ गरेर राखेको जानकारी दिँदै ती सबैलाई अध्ययन गरी जनताको आवाज संसद्मा उठाउने प्रतिबद्धता जनाइन्। जनताले दिएको म्याण्डेटलाई सम्मान गर्दै विकासमुखी र परिणाममुखी कामलाई प्राथमिकता दिने उनले बताइन् ।

उनले भनिन्, “म कुनै राजनीतिक लाभका लागि होइन, कसरी जनताको सेवा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ यहाँ आएको हुँ। गाउँबस्तीमा जाँदा देखिएका बुबाआमाको आँशु पुछ्न सकियोस् भन्ने चाहना छ। मतदाताले दिएका निवेदनहरू सबै फाइलिङ गरेर राखेको छु। फुर्सदको समयमा ती सबै अध्ययन गर्नेछु र जनताको आवाजलाई मेरो आवाज बनाएर सदनमा उठाउनेछु। हामी काम गर्नकै लागि आएका हौँ, काम नै हाम्रो मुख्य आवाज हो।”

मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले गुरुङलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा गुरुङले ३७ हजार ७५० मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दमोदर बैरागीले ७ हजार ९०६, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुन खनालले १ हजार ४०६ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल ६५ हजार ४ सय ७ मत खसेको थियो।