५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–५ : रास्वपा भारी मतान्तरले अग्रता



अ+ अ-

झापा। झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ ।

आज अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उहाँले उक्त मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ४४७ मत, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३५५, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३३५ मत प्राप्त गर्नुभएको छ । रासस