२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा ५ः बालेनले ५ हजार २५४ मत ल्याउँदा ओलीले ल्याए १ हजार २४८



अ+ अ-

काठमाडौँ। झापा निर्वाचन क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले एमालेका उम्मेदवार र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ४ हजार मतको अन्तरले पछि पारेका छन्।

दिउँसो १ बजे १५ मिनेटसम्मको आधिकारिक मत परिणामअनुसार, बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन् भने ओलीले १ हजार २४८ मत पाएका छन्।

त्यसैगरी, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८७ मत पाएकी छन् भने नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले १२९ मत ल्याएका छन्।