१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि

इलाममा ५७ प्रतिशत मत खस्यो, गणना भोलिदेखि
अ अ+ अ-

इलाम। इलाममा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५६ दशमलव ५३ प्रतिशत मत खसेको छ ।

सबै मतदान केन्द्रको विवरण आइसक्दा दुई लाख ३१ हजार ८०९ मध्ये एक लाख ३१ हजार ३९ अर्थात् ५६ दशमलव ५३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

प्रजिअ ढकालका अनुसार जिल्लामा ६२ हजार ७७७ महिला, ६८ हजार २६१ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नं १ मा २९ हजार ७२८ महिला र ३४ हजार ३७६ पुरुष मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५३ हजार ६४६ महिला, ५८ हजार ६७३ पुरुष र एकजना अन्यसहित एक लाख १२ हजार ३२० मतदाता थिए ।

त्यस्तै, क्षेत्र नं २ मा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका छन् । सो क्षेत्रमा ५८ हजार ५१२ महिला, ६० हजार ९७५ पुरुष र दुई तेस्रो अन्यसहित एक लाख १९ हजार ४८९ मतदाता थिए । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५७ दशमलव ४४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।

इलाममा १५० मतदानस्थलमा २९० मतदान केन्द्रमा विहान ७ः०० देखि साँझ ५ः०० बजेसम्म मतदान भएको थियो । निर्वाचन जिल्लाभर शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न प्रजिअ ढकालले बताउनुभयो । यो समाचार तयार पार्दासम्म मतपेटिका सङ्कलनको क्रम जारी रहेको छ ।

मतगणना शुक्रबार बिहानदेखि मात्र सुरु गर्ने तयारी छ । सबैतिरबाट मतपेटिका ल्याइसक्न समय लाग्ने भएकाले मतगणना सुरु गर्न केही ढिला हुने प्रजिअ ढकालले बताउनुभयो । सदरमुकामबाट टाढाका पालिका चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिकाबाट मतपेटिका ल्याउन समय लाग्नेछ ।

“दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका ल्याइपु¥याउन बिहान १ः०० देखि २ः०० बजेसम्म लाग्नसक्छ”, प्रजिअ ढकालले रासससँग भन्नुभयो, “बिहान ८ः०० देखि ९ः०० बजेभित्र सर्वदलीय बैठक राख्ने तयारी छ । सो बैठकले निर्णय गरेबमोजिम मतगणना सुरु हुनेछ ।”

मतगणनाका लागि क्षेत्र नं १ का लागि इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा र क्षेत्र नं २ का लागि सूर्योदय नगरपालिकाको सभाहल तयार गरिएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । दुवै हलमा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको गजुरेलले जनकारी दिनुभयो ।

यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा सिसी क्यामेरा जडान गरिएको छ । यहाँको क्षेत्र नं १ मा १३ दल र २ मा एक स्वतन्त्रसहित १४ गरी २७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस