१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने

रौतहटमा आज रातिदेखि नै मतगणना गरिने
अ अ+ अ-

रौतहट।  रौतहटको चारवटै निर्वाचन क्षेत्रमा आज भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

निर्धारित समय बिहान ७ः०० देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ः०० बजे सम्पन्न भएको थियो । कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभएको छ ।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिनुभयो । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जनाले उम्मेदवारी दिनुभएको थियो ।

मतदान सम्पन्न भएसँगै मतदानस्थलबाट मतपत्र भएको बक्स मतगणना भएको स्थलमा ल्याउँदै गरेको र सम्भवतः आज रातिदेखि नै  मतगणनाको तयारी भइरहेको प्रजिअ भुसालले बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नम्बर २ को ब्रह्मज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने भएको छ । रासस