२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलोपाका उम्मेदवार जनार्दन शर्माद्वारा मतदान, जित सुनिश्चित भएको दाबी



अ+ अ-

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्माले मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिकाको सेरिगाउँस्थित यमुनानन्द माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले आफ्नो जित सुनिश्चित भएको बताए । शर्माले पहिलो पटक गठन भएको प्रलोपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हुन्।

रुकुम पश्चिममा उनको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ । मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताहरूको बाक्लो उपस्थिति रहेको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।