१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ललितपुरको सुरस्चन्द्र महाविहार महापालमा वसुन्धरादेवीको व्रतपूजा News Polar नेप्सेमा रणनीतिक साझेदार भित्र्याएर निजीकरण गर्नुपर्ने महासंघका रेग्मीको सुझाव News Polar बीपी राजमार्गमा स्कार्पियो २० मिटर तल खस्यो, आठ जना घाइते News Polar आस्थाको केन्द्र बन्दै कपिलवस्तुकाे रक्षाबाबा News Polar गर्मी र वर्षाले बढ्यो सर्पको बिगबिगी News Polar एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता News Polar भाेजपुरका बाख्रापालक कृषकलाई अनुदान सहयोग News Polar आयुर्वेद शिक्षण अस्पताल पुनःसञ्चालनमा News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार

श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता

श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
अ अ+ अ-

कोलम्बो। श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशङ्का गरिएको छ ।

अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि उक्त दुर्घटना भएको हो, तर यसको कारण अझै स्पष्ट हुन सकेको छैन ।

श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ । तर बाँकी १४८ जना अझै बेपत्ता रहेका छन् । उद्धार गरिएका घाइतेहरूलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ ।

विदेशमन्त्री विजिथा हेराथका अनुसार युद्धपोतले बुधबार बिहानै आपतकालीन सन्देश पठाएको थियो । त्यसको एक घण्टाभित्रै गाले बन्दरगाहबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको घटनास्थलमा उद्धार टोली पुगेको थियो । तर टोली पुग्दा जहाज पूर्ण रूपमा डुबिसकेको थियो र समुद्रको सतहमा तेलको तह मात्र देखिएको थियो ।

नौसेनाका प्रवक्ता बुद्धिका सम्पथले श्रीलङ्काले आफ्नो अन्तर्राष्ट्रिय समुद्री दायित्वअनुसार खोज तथा उद्धार कार्य अघि बढाएको बताउनुभएको छ । उहाँका अनुसार जहाज डुबेको क्षेत्र श्रीलङ्काको खोज तथा उद्धार क्षेत्रभित्र पर्छ । खोजी कार्यका क्रममा केही शव फेला परेको जानकारी पनि दिइएको छ ।

गालेस्थित करापिटिया शिक्षण अस्पतालका निर्देशकले हालसम्म ३२ जना घाइते मात्र अस्पताल ल्याइएको पुष्टि गरेका छन् । मृतकको सङ्ख्या भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।

उक्त युद्धपोत भारतको विशाखापट्टनम बन्दरगाहमा सम्पन्न सैन्य अभ्यासमा सहभागी भएर फर्किरहेको बताइएको छ । यसैबीच मध्यपूर्व क्षेत्रमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको अवस्थामा यो घटना भएको हो ।

संसदमा एक विपक्षी सांसदले जहाजमाथि आक्रमण भएको हो कि भन्ने प्रश्न उठाए पनि सरकारले तत्काल त्यसबारे प्रतिक्रिया दिएको छैन । कोलम्बोस्थित इरानी राजदूतले पनि हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

श्रीलङ्काले मध्यपूर्वको द्वन्द्वप्रति तटस्थ नीति अपनाउँदै वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै आएको छ । देशको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने झण्डै १० लाखभन्दा बढी श्रीलङ्काली नागरिक मध्यपूर्वमा रोजगारीमा कार्यरत छन् ।

घटनापछि गाले अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै, श्रीलङ्काली नौसेना र वायुसेनाले उद्धार कार्यका दृश्य सार्वजनिक नगर्ने जनाएको छ, किनकि यो अर्को देशको सैन्य जहाजसँग सम्बन्धित विषय हो ।(रासस/एएफपी)