९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ

निर्वाचन शान्तिपूर्ण बनाउन सीमानाकामा सुरक्षा कडाइ
अ अ+ अ-

लुम्बिनी ।  बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नेपाल–भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीमानाकामा सुरक्षाका लागि दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच अनौपचारिक सीमा समन्वय बैठक सम्पन्न भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेले भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लाका समकक्षीसँग प्रतिनिधिसभा निर्वाचन २०८२ का सन्दर्भमा अनौपचारिक सीमा समन्वय बैठक बसेर सीमा क्षेत्रको अनुगमन गरी सुरक्षामा कडाइ गरिएको जानकारी दिए।

दुवै देशका अधिकारीबीच भएको अनौपचारिक छलफल र सीमा क्षेत्रको अनुगमनमा नेपालको तर्फबाट प्रजिअ पोखरेलसहित जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक जनकबहादुर शाही, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहरा र राष्ट्रिय अनुसन्धानका निर्देशक प्रकाश आचार्य सहभागी भएका थिए । त्यस्तै भारत महाराजगञ्ज जिल्लाका प्रमुख अधिकारी (डिएम) सन्तोषकुमार शर्मा र भारतीय प्रहरीका एसपी सोमेन्द्र मीना सहभागी थिए।

निर्वाचनको समयमा सीमानाका बन्द गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा दुवै पक्षबिच छलफल भएको प्रजिअ पोखरेलले जानकारी दिए। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने कार्यमा सघाउन भारतीय पक्षले समेत चासो देखाएको उनले बताए ।

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका रुपन्देहीका सम्पूर्ण सीमानाकाहरू यही फागनु १८ गते सोमबार राति १२ः०० बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । निर्वाचनको दिन मतदान सम्पन्न नभएसम्मका लागि सबै सीमानाका बन्द गरिएको प्रशासनले जनाएको छ ।

प्रजिअ पोखरेलका अनुसार मालवाहक सवारीसाधन र पर्यटक सवार सवारीसाधनसहित आवागमन हुने रुपन्देहीको मुख्य बेलहिया र साना सवारीसाधन आवतजावत गर्ने लुम्बिनी–कक्रहवालगायत सम्पूर्ण सीमानाका बन्द गरिएका हुन् । नाका बन्द गरेर कडाइ गरेपछि सीमा क्षेत्र सुनसान बनेका छन् । दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन ओहोरदोहोर गर्ने रुपन्देहीका सबै नाका सुनसान भएका स्थानीय बताउँछन् ।

सीमा बन्द गरिएको अवधिमा ग्यास बुलेट र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, एम्बुलेन्स र नेपाल भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकबाहेक अन्य सामानको ढुवानी तथा आवागमनमा रोक लगाइएको प्रजिअ पोखरेलले जानकारी दिए।

मत गणनास्थलमा तार जाली

मत गणनास्थललाई सुरक्षित बनाउन रुपन्देहीका सबै मतगणनास्थललाई तार जालीले घेरिएको छ । प्रतिनिधिसभा निर्वाचनको मत गणनास्थल सुरक्षित गर्न रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका गणनास्थलमा १० फिट अग्लो तार जालीले घेरिएको छ ।

रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गरी मतगणनालाई व्यवस्थित गर्न लागिएको हो । रुपन्देहीको निर्वाचन क्षेत्र नं १ मा देवदह आदर्श बहुमुखी क्याम्पस सित्तलनगर, क्षेत्र नं २ मा बुटवल उपमहानगरपालिका–११ को कार्यालय देवीनगर, क्षेत्र नं ३ भैरहवास्थित भैरहवा नमूना माध्यमिक विद्यालय, क्षेत्र नं ४ मा कोटहीमाई गाउँपालिकाको कार्यालयको सभा हल र क्षेत्र नं ५ मा गैडहवा गाउँपालिका कार्यालयलाई मतगणना स्थल तोकिएको छ ।

मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार विद्युत् आपूर्ति सहज बनाउन तार जालीको अगाडि जोडिएको बत्ती चार्ज हुने किसिमको जडान गरिएको छ । मतगणना परिसरमा सिसीटिभी क्यामरा पनि जडान गरिएको छ ।

मतगणनाको क्रममा मतगणनामा खटिएका कर्मचारी, सुरक्षाकर्मीबाहेक अरू कसैलाई तार जालीभित्र जान नपाउने र उम्मेदवारका प्रतिनिधि तथा अन्य सरोकारवालालाई तार जाली बाहिरबाट हेर्न दिइने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन अधिकृत बस्नेतले जानकारी दिए।रासस