काठमाडाैँ । सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका र दोधारा चाँदनी तथा भीमदत्त क्षेत्रका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।
मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदी लगायत सुरक्षा निकायका प्रदेश प्रमुखहरूको टोलीले सीमा क्षेत्रमा सुरक्षा तयारी र मतदानस्थलको अवस्था जाँच गरेको हो।
सोमबार मध्यरातदेखि बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। केवल अत्यावश्यक सेवासँग सम्बन्धित आवागमनलाई अनुमति दिइएको छ भने अन्य आवागमनमा रोक लगाइएको छ।











