९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री
अ अ+ अ-

काठमाडाैँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ ।

सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए। “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुग्नुभएको छ । जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन । मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ”, प्रदेश निर्वाचन अधिकारी ढकालले भने।

पोखरा–३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले आफूहरु सोमबार साँझ नै सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा आइपुगेको बताए। उनले निर्वाचन गराउन उच्च मनोबलका साथ उत्साहित भएर लागिरहेको बताए। “निर्वाचनलाई लिएर हामी उत्साहित छौँ, कर्मचारी र सुरक्षाकर्मीको हाम्रो टोली मतदान केन्द्रमा आइपुगेका छौँ । मङ्गलबार र बुधबार मतदान केन्द्रमा गर्नुपर्ने सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गर्छौँ”, अधिकारीले भने।

कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ ।

निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी रहेका छन् । जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । त्यसैगरी, मतदान केन्द्रमा एक हजार ९२ जना स्वयंसेवक खटाइने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी, मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी, मतदाता सङ्ख्या तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन् । यसमा महिला ७२० र पुरुष दुई हजार १४१ छन् ।