५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह कांग्रेसमा प्रवेश



अ+ अ-

सर्लाही : बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आबद्ध रहेका सिंहलाई गएराति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन्।

सिंहलाई कांग्रेसमा स्वागत गर्न आयोजित कार्यक्रममा थापासँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपा विभाजनपछि उनी लोसपाबाट मेयरका प्रत्याशी बनेका थिए। तर उक्त निर्वाचनमा रामाशंकर कुशवाहा सँग पराजित भएका थिए।

गएराति सिंहकै निवासमा पुगेर कांग्रेस सभापति थापाले उनलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्। सिंहसँगै बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झा लगायतका नेता तथा कार्यकर्ताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरेको जनाइएको छ।

यसअघि सर्लाही क्षेत्र नम्बर–४ निवासी लोसपाका नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायत दर्जनौँ नेता तथा कार्यकर्ताहरू पनि नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।




भर्खरै