१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२० को पहिलो चन्द्रग्रहण लाग्ने



अ+ अ-

काठमाडौं । शुक्रबार राति चन्द्रग्रहण लाग्ने भएको छ। राति दस १० बजेर ५२ मिनेटमा चन्द्रग्रहण सुरू हुने भएको हो । चार घन्टा बढी चन्द्रग्रहण लाग्ने भएको छ।

चार घन्टा बढी लाग्ने चन्द्रग्रहण राति दस बजेर ५२ मिनेटमा सुरू हुने चन्द्रग्रहण १२ बजेर ५५ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ५६ मिनेटमा सकिने छ। यो ग्रहण सन् २०२० को पहिलो चन्द्रग्रहण हुनेछ।

शुक्रबार लाग्ने चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभई ‘पेनम्ब्रल’ चन्द्रग्रहण रहेको नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

‘सामान्यतया चन्द्रग्रहण लाग्दा रातो किरण ढाकिँदै जाने गर्छ’ अध्यक्ष भट्टराईले भने, ‘तर यो पेनम्ब्रल चन्द्रग्रहण हो, जुन नांगो आँखाले हेर्दा ग्रहण लागेको ठम्याउन सकिन्न।’