१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुर गाईडलाई फोटाग्राफी तालीम



अ+ अ-

काठमाडौं । चिनियाँ पर्यटकलाई आकर्षित गर्न नेपाली ट्राभल संञ्चालकहरुले आफ्ना कर्मचारीहरुलाई चिनियाँ पर्यटकहरुको रोजाई र छनोटका बारेमा समेत प्रशिक्षित गर्न शूरु गरेका छन्।

यसैक्रममा नेपालमा चिनियाँ पर्यटक भित्र्याउन सकृय नेपाल विग माउण्टेन ट्राभल कंम्पनि ठमेलले आफ्ना कर्मचारीहरुलाई चिनियाँ पर्यटकहरुले कस्तो खाले फोटोग्राफि मन पराउदँछन् भन्ने विषयमा चिनियाँ प्रशिक्षकबाट तिन दिने फोटोग्राफि सम्बन्धि तालिम संञ्चालन गरेको छ ।

तालिममा समापनका अवसरमा कंम्पनिका प्रबन्ध निर्देशक सुर्दशन नेपालले नेपाल भ्रमण वर्ष २०२०लाई समेत सहयोग पुर्याउने उद्देश्यले यस प्रकारको तालिमको आयोजना गरिएको बताउनु भयो।

चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेपछि चिनियाँहरुमा नेपाल प्रतिको चाँसो बढेको आफुले पाएको उहाँले बताउनु भयो। नेपाल भ्रमण गर्नेमा चिनियाँ नागरिकहरु दोश्रो स्थानमा रहेका छन्।