११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली

तीन महिनापछि बल्यो सामागाउँमा बिजुली
अ अ+ अ-

गोरखा। तीन महिनापछि उत्तरी गोरखाको सामागाउँ र साम्दोका बासिन्दाले बिजुली बाल्न पाएका छन् ।

सामागाउँ लघुजलविद्युत् आयोजनाको उपकरण मर्मतपछि सञ्चालनमा आएको सो आयोजनाका अध्यक्ष वीरबहादुर लामाले जानकारी दिनुभयो ।

हिमालपारीको सामागाउँ र साम्दोका बासिन्दाले ल्होसारमा बिजुली बत्ती बाल्न पाएपछि खुसी भएका छन् । मनास्लु क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ स्थित यी दुई गाउँमा हालसम्म मोटरबाटो पुगेको छैन ।

“धेरै सकस व्यहोरेर बल्लतल्ल आयोजना मर्मत गरियो”’, अध्यक्ष लामाले भन्नुभयो, “भारतबाट सामान झिकाएर मर्मत गर्दा समय पनि धेरै लाग्यो ।” मोटरबाटो नपुगेको सो गाउँमा हेलिकप्टरबाट उपकरण ढुवानी गरेर मर्मत गरिएको उहाँको भनाइ छ ।

सामागाउँका वडाअध्यक्ष कर्मा छेवाङले ल्होसारमा बत्ती बाल्न पाउँदा गाउँले रमाएको प्रतिक्रिया दिनुभयो । चुमनुब्री– १ सामागाउँ र साम्दोका करिब ३०० घरपरिवारका लागि कादुरी नामक संस्थाले पाँच वर्षअघि सामागाउँ जलविद्युत् आयोजनाबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन गरेको थियो । रासस