२५ भाद्र २०८३, बिहीबार
,
Latest
सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण, सांसद वयकले भने– ‘नैतिक जिम्मेवारी कसले लिने ?’ रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त कृष्णभीरमा भदौभित्रै यातायात सञ्चालन गर्ने लक्ष्य, २५० मिटर नयाँ ट्रयाक निर्माण तीव्र जलवायु न्यायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दा बनाउन सरकारलाई संसदीय समितिको सुझाव अस्पतालबाहिर सुत्केरी घटनाको छानबिन गर्न मन्त्रालय र मेडिकल काउन्सिलको टोली राजविराज जाँदै हिमाल र हिमनदीलाई जोडेर विपद् पूर्वसूचना प्रणाली विकास गर्नुपर्छ : सांसद थापा महाभियोग प्रस्ताव दर्ता भएको छैन : संसद् सचिवालय रास्वपा महामन्त्रीको प्रश्नः सिंहदरबार र संसद भवन नै निर्माण हुन सकेको छैन, रसुवाको पुननिर्माण हुने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

छात्र/छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट



अ+ अ-

सिन्धुली । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिएका छन् । यहाँस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उहाँले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले शिक्षा क्षेत्रको विकासमा नगरपालिकालाई नमूना शहरको रुपमा विकास गर्न विज्ञान र प्रविधिमा प्रोत्साहन गर्ने कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । कमला उच्च मावि, जनज्योति मावि, श्री मावि, गौमती मावि, जनता आवासीय मावि र न्यू इङ्लिस बोर्डिङ स्कूलका ४० छात्र/छात्राले व्यवहारिक अभ्याससहितको अन्तरिक्ष कार्यशालामा आ–आफ्ना आविष्कार प्रदर्शन गरेका थिए ।

आयोजक विद्यालय न्यू इङ्लिस बोर्डिङ स्कूलका प्राचार्य प्रशान्त ढकालका अनुसार कार्यशालामा सहभागीले स्याटेलाइट, दूरविन र रोबर्ट प्रदर्शन गर्नुका साथै नेपाली स्याटेलाइट निर्माणकर्ता आभाष मास्केसँग टेलिकाष्टका माध्यमबाट नवीनतम् विज्ञान तथा प्रविधिका विषयमा अन्तक्र्रियासमेत गरेका थिए ।




भर्खरै