१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्ती मनाइयो



अ+ अ-

काठमाडौं । नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो । भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ ।

राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतबार मुलकुभर विभन्नि कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ । राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले रार्वजनिक विदा दिने गरेपछि केही वर्षयता विदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ । त्यस्तै नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ ।