१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’

बुद्धको सन्देश बोकेका भिक्षुहरूको अमेरिकामा ‘लङ्ग मार्च’
अ अ+ अ-

वाशिङ्गटन डिसी । अमेरिकामा जनवरी महिना यसै चिसो हुन्छ । मानिसहरू हरेक काम र यात्राका लागि जनवरी महिनामा योजना बनाउँदैनन् । तर मानव हितका लागि भनेर विश्वभरि शान्तिको सन्देश सम्प्रेषण गर्नका लागि बौद्ध भिक्षुहरू भने हिउँका पहाड छिचोल्दै र शून्य डिग्रीको तापक्रमलाई समेत बेवास्ता गर्दै लामा राजमार्गमा निष्फिक्री हिँडिरहेका छन् ।

गेरु वस्त्र धारणा गरेका दायाँ र बायाँ हातमा आफ्ना आवश्यक सामग्रीको गह्रौँ झोला बोकेर लामो यात्रामा निस्किएका यी भिक्षुहरूले मानवता, भ्रातृत्व र शान्तिको सन्देश दिइरहेका छन् । विश्वको विभिन्न भूगोलमा अशान्त वातावरणको हजारौँले अनाहकमा जीवन गुमाइरहेको र अझै डरलाग्दो युद्धको कालो बादल मडारिरहेको बेलामा शान्तिको सन्देश बोकेर जागरण गराइरहेका भिक्षुहरूले मानव कल्याण नै सर्वोपरि ठानेका छन् ।

विश्वभरि र अमेरिकामा अन्तरमनको शान्ति तथा मानसिक शान्तिको जागरण ल्याउनका लागि भन्दै पच्चीस सय वर्ष अगाडि नेपालमा जन्मिएका गौतम बुद्धको अनुयायी बनेर जीवन व्यतित गर्नुभएका भिक्षुहरू ‘शान्तिको लागि पदयात्रा’ (वाक फर पिस) नाम दिएर १२० दिने पैदल यात्रामा निस्किएका छन् ।

फोर्टवर्थमा रहेको ह्योङ्ग दो विपश्यना भावना सेन्टरले संयोजन गरेर विश्वमा अहिंसा, शान्ति, करुणा र सचेतनाका लागि शान्तिका लागि पदयात्रा आयोजना गरिएको हो । अक्टोबर २६ तारेखदेखि प्रारम्भ भएको यो यात्रा आगामी साता समापन हुने अपेक्षा गरिएको छ ।

उहाँहरूको यात्राले अन्तिम गन्तव्य तय गरिरहेको छ । उहाँहरु अमेरिकाको राजधानी डिसीतर्फ पाइला लम्काइरहेका छन् । यस अवधिमा उहाँहरूले योजना गरेअनुसार १०० दिनको यात्रा पूरा गरिसकेका छन् । अमेरिकाको टेक्सास राज्यको फोर्टवथबाट राजधानी वाशिङ्गटन डिसीसम्म दुई हजार ३०० माइल अर्थात् तीन हजार ७०० किलोमिटरको यो यात्रामा कतिपय राज्यहरूमा स्टेटका गभर्नरहरूले समेत स्वागत गर्ने, प्रोक्लोमेसन जारी गर्ने र यात्रालाई उत्साह थप्ने काम गरिरहेका छन् ।

खासमा यो पदयात्राले धार्मिक सहिष्णुता र मानव शान्तिका लागि सहकार्यको सन्देश सम्प्रेषण गर्न खोजेको देखिन्छ । शुभारम्भको बेलामा पनि विभिन्न धार्मिक समुदायका व्यक्तिले उपस्थित भएर मानवता, एकता र धार्मिक सहिष्णुताको सन्देश दिएका थिए ।

पछिल्ला वर्षहरूमा विभिन्न कारणले विश्वमा आममानिसको मानसिक स्वास्थ्यमा गम्भीर विचलन आइरहेको सन्दर्भमा भिक्षुहरूले शान्तिको झन्डा बोकेर अमेरिकाको विशाल भूमिमा लामो पदयात्रा गर्नु यसै पनि सकारात्मक रहेको छ ।

आफनो पदयात्राका लागि पाइला सारका भिक्षुहरूले अनवरत रूपमा आफ्नो यात्रालाई निरन्तरता दिनुभएका भिक्षुहरूलाई स्थानीय जनसमुदाय, स्थानीय सरकारी संयन्त्र, सुरक्षाकर्मीले ‘स्कट’ गरिरहेका छन् । पछिल्लो साता अमेरिकामा परेको भारी हिमपातको बीचमा पनि शान्तिको सन्देश दिन पदयात्रामा रहेका भिक्षुहरूले गरेको साहस र निरन्तरतालाई समेत यहाँका मानिसहरूले प्रशंसा गरेका छन् ।

वाक फर पिसले दिएको जानकारीअनुसार १९ जना भिक्षुले झन्डै दुई हजार माइलको यात्रा सम्पन्न गर्नुभएको छ । उहाँहरूका साथमा एउटा आलोक नाम गरेको कुकुर पनि रहेको छ । पदयात्राको मिडिया समन्वय गरिरहनुभएका डा निरञ्जन बज्राचार्यले यो अभियानले मानव हितका लागि शान्तिको सन्देश सम्प्रेषण गर्ने भएको बताउनुभयो ।

यो यात्राका क्रममा भिक्षु आफ्नै नीतिनियममा बाँधिनुभएको छ । उहाँहरू दैनिक २० माइलको यात्राका लागि तय गर्नुभएकामा कतिपय अवस्थामा ३० माइलसम्म यात्रा तय गर्न सफल हुनुभएको आयोजकहरूले राससलाई जानकारी दिएका थिए । रासस