१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’

काभ्रेको महाभारतदेखि निजगढसम्म बस सेवा

काभ्रेको महाभारतदेखि निजगढसम्म बस सेवा
फाइल फोटो
अ अ+ अ-

धुलिखेल। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका केन्द्र देवीटारदेखि तराईको बारा जिल्लाको निजगढसम्म नियमित यात्रुवाहक बस सेवा सञ्चालन भएको छ ।

सो क्षेत्रका बासिन्दालाई दैनिक जीवनमा सहजता प्रदान गर्नका लागि जिल्लाको विकट डाँडापारि क्षेत्रलाई तराईसम्म जोड्ने उद्देश्यले बस सेवा सञ्चालनमा ल्याएको हो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले आज महाभारत गाउँपालिकाको केन्द्र देवीटारबाट तराई जाने यात्रुलाई खादा ओढाएर बस सेवा शुभारम्भ गर्नुभएको हो । आजदेखि महाभारतको देवीटारबाट घर्तिछाप, गोकुले, तालढुङ्गा, भोर्लेनी, झुझुरे, हरिहरपुर गाउँपालिकाको बक्फर, बागमती र चपुर हुँदै निजगढसम्म काभ्रे बस प्रालिले बस सेवा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष जिम्बाले पछिल्लो समयमा जिल्लाको महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक जीवन बनाउन देवीटारदेखि बागमती प्रदेशको हेटौँडासम्म नारायणी यातायातको बस सेवा सञ्चालन हुँदै आएकामा आजदेखि देवीटारदेखि निजगढसम्म नै बस सेवा सञ्चालनमा आएको बताउनुभयो । विगतमा बस चढ्न दाप्चा, पनौती र बनेपा धुलिखेल नै पुग्नुपर्ने अवस्था थियो ।

काभ्रेको महाभारतबाट जिल्ला सदरमुकाम धुलिखेल बनेपासम्म दैनिक छ÷सातवटा यात्रु बस सञ्चालन हुँदै आएका छन् । पछिल्लो समयमा महाभारतबाट खानीखोलाको तालढुङ्गा हुँदै मकवानपुरको भोर्लेनी, हरिहरपुरगढीको बक्फर हँुदै बाराको निजगढसम्म बस सञ्चालनमा ल्याउनु यहाँका नागरिकका लागि निकै खुसीको क्षण भएको बताउनुभयो ।

काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले विगतमा बस सञ्चालनका लागि उचित मोटरबाटो, सञ्चारका लागि मोबाइल सेवाको सञ्चार सम्पर्क नभएको र विद्युत् सेवा नभएर अनकन्टार जस्तै देखिएको काभ्रेको कर्णालीका रुपमा चिनिने महाभारत अहिले यसरी विभिन्न सेवासहित बस सञ्चालन गर्न पाउनु खुसीको कुरा भएको बताउनुभयो । रासस