९ असार २०८३, मंगलवार
,
Latest
बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग : चेल्सीको लगातार तेस्रो जित, चौथो स्थानमा उक्लियो



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएका खेलमा चेल्सीले वेस्ट ह्यामलाई ३–२ गोल अन्तरले पराजित गरी लिगमा लगातार तीन खेल जितको रेकर्ड बनाएको छ ।

यो जितसँगै चेल्सी लिगमा चौथो स्थानमा उक्लेको छ । चेल्सीले २४ खेलबाट ४० अंक जोड्न सफल भएको छ । उता, वेस्ट ह्याम भने २० अंक सहित रेलिगेसन क्षेत्रमा छ ।

झण्डै ७१ प्रतिशत खेल आफ्नो पक्षमा राखेको चेल्सीका लागि जोओओ पेड्रो, मार्क कुकुरेला र एन्जो फर्नान्डेजले गोल गरेका थिए भने वेस्ट ह्यामका लागि जेरोड बोएन, सी समरभिल्लेले गोल गरेका थिए । पहिलो २ गोल वेस्ट ह्यामले गरे पनि चेल्सीले पुनरागमन जित निकालेको थियो ।

निकै तनाबपूर्ण यस खेलमा दोस्रो हाफमा थप गरिएको इन्जुरी समयको ११औं मिनेटमा जिन–क्लेएर टोडिबोले रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो ।