२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित News Polar महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदन महाधिवेशनबाट पारित

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ: ट्रम्प

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ: ट्रम्प
अ अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा अर्को ‘समुद्री युद्धपोत समूह’ इरानतिर अघि बढिरहेको बताउनुभएको छ ।

उहाँले उक्त कदमलाई अमेरिकी दबाब र सुरक्षा उपायको रूपमा व्याख्या गर्दै भन्नुभयो,“उहाँहरूले पहिले नै सन्धिमा सहमति गर्नु पथ्र्यो, आशा गर्छु अब गर्छन ।”
ट्रम्पले यो समूहले आवश्यक परेको खण्डमा सन्धि उल्लङ्घन गर्ने पक्षलाई रोक्न र अमेरिकी सुरक्षालाई सुनिश्चित गर्न रणनीतिक उद्देश्यले तैनाथ गरिएको स्पष्ट पार्नुभयो । उहाँले थप्नुभयो,“यो समूहले ‘सुन्दर तरिकाले’ इरानतिर यात्रा गरिरहेको छ, र यसले सम्भावित तनाव नियन्त्रण गर्न सक्ने आशा गरिएको छ ।
अमेरिकी सेनाले पहिले नै युएसएस अब्राहाम लिङ्कन एयरक्राफ्ट क्यारियर समूहलाई मध्यपूर्वमा तैनाथ गरेको थियो ।

विश्लेषकहरूले ट्रम्पको यो वक्तव्य इरानसँगको सम्बन्धमा तनावपूर्ण सङ्केतको रूपमा व्याख्या गर्न सकिने अनुमान गरेका छन् ।

यस कदमले अंतर्राष्ट्रिय सुरक्षा र मध्यपूर्वको राजनीतिक वातावरणमा महत्वपूर्ण प्रभाव पार्न सक्ने भएकाले विश्व समुदायले यसलाई नजिकबाट नजर राखिरहेको छ । ट्रम्पको यो चेतावनीले अमेरिकी नीति र सैन्य रणनीतिका विषयमा पनि अन्तर्राष्ट्रिय ध्यानाकर्षण बढाएको छ ।