१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar यस्ता छन् साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण एक साताभित्र सार्वजनिक गर्ने तयारी News Polar उद्योगका नीतिगत जटिलता हटाउन राज्यले तत्काल पहल गर्नुपर्नेमा रास्वपा सांसदहरूको जोड News Polar बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै News Polar झलनाथ खनालद्वारा ‘समाजवादी जागरण अभियान’ घोषणा, एकीकृत नेकपा निर्माणको आह्वान News Polar बजारमा कृत्रिम अभाव रोक्न आयातका नीतिगत झन्झट हटाउन संसदीय समितिको जोड News Polar ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?- मन्त्री साह News Polar औद्योगिक वातावरण बनाउन कानुनी र प्रशासनिक अड्चन तत्काल हटाइन्छ : मन्त्री साह News Polar विश्वप्रकाशको प्रस्ताव : गुट होइन, विचार र नीतिमा आधारित कांग्रेस बनाऔँ News Polar मन्त्रिपरिषद्को बैठक सुरु News Polar रोल्पामा ओडारभित्र लुकाइराखिएका ६ नाल भरुवा बन्दुक बरामद News Polar सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउन अधिकारसम्पन्न नियामक संयन्त्र बनाइने News Polar प्रदेश सरकारको केन्द्रबिन्दु दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: मुख्यमन्त्री शाही News Polar फास्टट्रयाक निर्माणमा सेनाबाट गम्भीर त्रुटि भएको योजना आयोग सदस्य थापाको आरोप News Polar चाडपर्वमा भाटभटेनीबाट किनमेल गर्दा दुई वटा टाटा पन्च ईभी जित्ने अवसर News Polar कांग्रेसले शहीद तथा द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष बनाउने News Polar रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार News Polar निगम सुधारका लागि तीन वर्षे रणनीतिक कार्ययोजना आवश्यक : सांसद रेग्मी News Polar अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय News Polar कांग्रेसमा टिकट र नेतृत्व चयनको अधिकार तल्लो तहमा लैजाने गगनको प्रस्ताव

आबे हत्या प्रकरणमा आजीवन सजाय

आबे हत्या प्रकरणमा आजीवन सजाय
अ अ+ अ-

एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो ।

नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाउनुभएको हो । मुद्दाप्रति जनचासो अत्यधिक देखिएको थियो । बुधबार बिहानै अदालत प्रवेशका लागि टिकट लिन लामो लाइन लागेको दृश्यले यसको गम्भीरता झल्काएको थियो ।

पैँतालिस वर्षीय यामागामीले जुलाई २०२२ मा चुनावी अभियानका क्रममा भाषण दिइरहनुभएका जापानका सबैभन्दा लामो समय सेवा गरेका प्रधानमन्त्री आबेमाथि हस्तनिर्मित बन्दुक प्रयोग गरी गोली प्रहार गरेको अभियोग खेपेका थिए । उनीमाथि हत्या तथा बन्दुक नियन्त्रण कानून उल्लङ्घनको आरोप लगाइएको थियो । अक्टोबरमा मुद्दा सुरु हुँदा यामागामीले हत्या गरेको स्वीकार गरेका थिए, यद्यपि केही आरोपमा उनले असहमति जनाएका थिए । जापानी कानूनी व्यवस्थाअनुसार अपराध स्वीकार गरे पनि मुद्दा पूरै सुनुवाइ हुन्छ ।

अदालतबाहिर उपस्थित नागरिकहरूले यस घटनाले जापानी समाजमा पारेको गहिरो प्रभावबारे प्रतिक्रिया जनाएका थिए । केहीले पीडितप्रति सहानुभूति व्यक्त गरे भने केहीले यामागामीको जीवन पृष्ठभूमिलाई समेत विचार गर्नुपर्ने माग राखेका थिए ।

अभियोजनकर्ताहरूले हत्यालाई ‘युद्धपछिको जापानी इतिहासमै अभूतपूर्व’ भन्दै समाजमा यसको अत्यन्त गम्भीर असर परेको तर्क प्रस्तुत गर्दै आजीवन कारावासको माग गरेका थिए । जापानमा आजीवन कारावासमा प्यारोलको कानूनी सम्भावना भए पनि व्यवहारमा धेरै कैदी जेलमै जीवन समाप्त गर्ने विज्ञहरूको भनाइ छ ।

मुद्दाको क्रममा अभियोजन पक्षले यामागामीको उद्देश्य एकीकरण चर्चलाई बदनाम गर्नु रहेको दाबी गरेको थियो । उहाँकी आमाले उक्त चर्चलाई दिएको अत्यधिक दानका कारण परिवार आर्थिक रूपमा ध्वस्त भएको र प्रभावशाली राजनीतिज्ञहरूले सम्प्रदायलाई संरक्षण गरिरहेको विश्वास यामागामीमा बस्दै गएको तथ्य अदालतमा उजागर भएको थियो । पूर्वप्रधानमन्त्री आबे केही चर्चसम्बद्ध कार्यक्रममा सहभागी भएको पनि उल्लेख गरिएको थियो ।

प्रतिरक्षा पक्षले यामागामीको बाल्यकाल आमाको चरम धार्मिक आस्थाका कारण ‘धार्मिक दुव्र्यवहार’ बाट प्रभावित भएको दाबी गरेको थियो । वकिलका अनुसार, पारिवारिक सङ्कटपछि आमाले करिब १० करोड येन बराबरको सम्पत्ति चर्चलाई दान गर्नुभएको थियो, जसका कारण यामागामीको शिक्षा र जीवन गम्भीर रूपमा प्रभावित भयो । उनले आत्महत्याको प्रयाससमेत गरेको र पछि भाइले आत्महत्या गरेको तथ्य पनि अदालतमा प्रस्तुत भएको थियो ।

यस हत्यापछिको अनुसन्धानले एकीकरण चर्च र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका केही रूढिवादी सांसदहरूबीचको घनिष्ठ सम्बन्ध उजागर गरेको छ, जसका कारण चार मन्त्रीले पद त्याग्नुपरेको थियो । अभियोजनकर्ताहरूका अनुसार यामागामीले सन् २०२० देखि बन्दुक बनाउन सुरु गरेका थिए, जसले आक्रमण अत्यन्त पूर्वनियोजित रहेको पुष्टि गर्छ ।

कडा बन्दुक नियन्त्रणका लागि परिचित जापानमा यो घटनालाई गम्भीर चेतावनीका रूपमा लिइएको छ । बन्दुक हिंसा अत्यन्त दुर्लभ भएकाले घटनास्थलमा सुरक्षाकर्मीहरूले सुरुमा गोली चलेको बुझ्न नसकेको र उद्धारमा ढिलाइ भएको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।