९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले १० प्रतिशत बजेट आकार घटायो: अर्थमन्त्री खतिवडा



अ+ अ-

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको बताएका छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेटको अर्धवार्षिक समीक्षा गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले बजेटको आकार घटाएर १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँमा झारेको बताएका हुन् । आर्थिक वर्षको अन्त्य सम्ममा कुल बजेटको ९० दशमलव ४ प्रतिशत बजेट खर्च हुने अनुमान अनुसार बजेटको आकार घटाइएको उनले बताए । गत जेठमा संसदमा प्रस्तुत गरेको बजेटको कुल आकार १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको रहेको थियो ।

त्यस्तै अर्धवार्षिक समिक्षामा चालु खर्चतर्फ ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ अर्थात विनियोजित बजेटको ९४ दशमलव ५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ भने पूँजीगत तर्फ ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख रुपैयाँ अर्थात ८० दशमलव १ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थापत तर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख अर्थात ९२ दशमलव २ प्रतिशत खर्च हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए । सरकारको स्रोत व्यवस्थापत तर्फ राजश्व र आन्तरिक ऋणबाट कुल ११ खर्ब ३२ अर्ब ५० करोड रुपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्ब ९० करोड ९० लाख रुपैयाँ परिचालित हुने संशोधित अनुमान रहेको समेत अर्थमन्त्री खतिवडाले बताए ।

जुन बजेटमा राखिएको लक्ष्यको साढे ९५ प्रतिशत मात्र हुने उनले बताए । अर्थमन्त्री खतिवडाले ६ महिनामा विनियोजित बजेटको २७ दशमलव ६ प्रतिशत अर्थात ४ खर्ब २२ खर्ब ५५ करोड ६ लाख रुपैयाँ बजेट खर्च भएको बताए । त्यस्तै यो अवधिमा चालु तर्फ ३२ दशमलव ४ प्रतिशत अर्थात ३ खर्ब ९ अर्ब ६० करोड ६८ लाख रुपैयाँ, पूँजीगत तर्फ १५ दशमलव ४ प्रतिशत अर्थात ६२ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ र वित्तीय व्यवस्था तर्फ २९ दशमलव ९ प्रतिशत अर्थात ५० अर्ब १७ करोड ७० लाख रुपैयाँ खर्च भएको बताए ।

उनले गत आर्थिक वर्षको सोही अवधिमा भन्दा ६ प्रतिशतले खर्च बढेको र माघ २८ गते सम्ममा यस्तो बजेट खर्च ४ खर्ब ८२ अर्ब पुगेको समेत उनले बताए। अर्थमन्त्री खतिवडाले ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको बताए । यो अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । त्यस्तै रेमिट्यान्स आप्रवाह शुन्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले बताए ।




भर्खरै