९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वय जिम्मेवार भएकाले पार्टी निर्णय विपरित चल्न मिल्दैनः काँग्रेस नेता साउद



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले वैशाखमा पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्ने पार्टीको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताउनुभएको छ ।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर अघि बढ्ने गरी गतिविधिलाई तीव्रतासाथ अघि बढाएपछि संस्थापन पक्षका नेता साउदले कुरा टिप्पणी गर्नुभएको हो । मंगलवार पार्टी मख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले केन्द्रिय कार्य सम्पादन समिति बैठकले बैशाखमा पार्टीको १५ औ महाधिवेशन गर्ने निर्णय गरेकाले सो निर्णयलाई कार्यान्वयनमा लैजाने मुख्य जिम्मेवारी महामन्त्रीद्वय थापा र शर्माको पनि भएकाले उहाँहरुले सो जिम्मेवारी पूरा गर्ने दायित्वबाट पछि हटन नमिल्ने दाबी समेत गर्नुभयो । नेता साउदले पार्टीको विशेष महाधिवेशनको औचित्य नभएको पनि दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो,‘विशेष अधिवेशनको औचित्य छैन भनेर केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निर्णय गरिसकेको अवस्था छ । यसको सँगसँगै हामीले १५ औँ महाधिवेशनको कार्यतालिकाको विषयमा पनि केही संशोधन गरेर बैशाखमा गर्ने निर्णय गरिसकेका छौँ । त्यो केन्द्रिय कार्य सम्पादन समितिको निर्णय हो । हाम्रो महामन्त्रीजीहरु पनि जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरुले आफ्नो जिम्मेवारी अनुकूल केन्द्रिय कार्य सम्पादन समितिको निर्णयलाई कार्यान्वयन गर्ने कार्यभार पूरा गर्नेछन भन्ने विश्वास लिएको छु ।’

नेता साउदले निर्वाचनको तयारीमा जानुपर्ने भएकाले पनि विशेष महाधिवेशनमा जाने कुराको कुनै अर्थ नहुने समेत बताउनु भयो ।