३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको शेयर बजार : आठ अर्ब ६९ करोडको कारोवार



अ+ अ-

काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताभर बजारले उकालो यात्रा अर्थात् ‘बुलिस टे«न्ड’ पछ्यायो । बजार उकालो लागेर डेड वर्ष पहिलेको भन्दा माथिको अवस्थामा पुगेको छ । लगानीकर्तामा एक प्रकारको विश्वाससमेत पैदा भएको छ । यसले बजारमा नयाँ लगानीकर्तासमेत थपिएका छन् ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताभर कूल १८१ कम्पनीको रु आठ अर्ब ६९ करोड ८९ लाख ६५ हजार ४७४ मूल्य बराबरका कूल दुई करोड ५३ लाख ३३ हजार ५५९ कित्ता शेयर कारोवार भए । बजार ओरालो लागेर न्यून विन्दुमा आइपुगेको नेप्सेको उकालो यात्रासँगै कारोवारमा देखिएको यो सुधार पछिल्ला दिनको सबैभन्दा बढी हो ।

साताको पहिलो दिन नेप्से परिसूचक आज झण्डै २० अङ्कले बढ्यो । सो दिन विभिन्न चार कम्पनीका शेयरमा सकारात्मक ‘सर्किट’समेत लागेको थियो । त्यस दिन नेप्सेमा १९.३९ ले वृद्धि भई एक हजार ३६३.९७ मा पुगेको थियो । कूल १७६ कम्पनीका ४१ लाख पाँच हजार १३४ कित्ता शेयर रु एक अर्ब ९७ करोड ८१ लाख आठ हजार ७०१ बराबरको कारोवार भए ।

सोमबार नेप्से परिसूचक आज ३४ अङ्कले बढ्यो । लगातार उकालो लागेको बजारमा त्यस दिन नेप्सेले नयाँ इतिहास कायम गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुग्यो । झण्डै रु दुई अर्ब ७० करोड जतिको कारोवार भयो । कूल १७५ कम्पनीका ६४ लाख ७४ हजार ७५० कित्ता शेयर रु दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ मूल्यमा खरिद–बिक्री भए ।

मङ्गलबार नेप्सेमा १।७७ ले वृद्धि भई एक हजार ४००.०१ मा पुग्यो । लामो समयपछि नेप्सेले एक हजार ४०० माथि पुगेको हो । नेप्सेमा झिनो सुधार देखिए पनि कारोवार रकम भने रु दुई अर्ब माथि पुगेको छ । कूल १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता शेयर रु दुई अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ बराबरको कारोवार भयो ।

बुधबार नेप्सेमा ५.२४ विन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुग्यो । त्यस दिन कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद–बिक्री भए । बिहीबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । लगातार उकालो लागिरहेको बजारले नयाँ उचाइ कायम गर्यो । त्यस दिन नेप्सेमा २९.३२ अङ्कले बढेर एक हजार ४३४.५७ मा पुग्यो । कूल १८० कम्पनीका ५८ लाख २९ हजार ५१० कित्ता शेयर रु दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९०८ मूल्यमा खरिद–बिक्री भए ।