६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम



अ+ अ-

भोजपुर। विपद् व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ ।

भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो । तालिममा स्थानीय वडाबाट ३२ जनाको सहभागिता छ ।

आगामी पुस २४ गतेसम्म सञ्चालन हुने तालिममा सहभागिलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरण लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइने गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।  रासस