२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम



अ+ अ-

भोजपुर। विपद् व्यवस्थापनमा सहयोग पु-याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ ।

भोजपुर नगरपालिकासँगको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर पाँच गुल्म हेडक्वाटर टक्सारको आयोजनामा तालिम सुरु गरिएको हो । तालिममा स्थानीय वडाबाट ३२ जनाको सहभागिता छ ।

आगामी पुस २४ गतेसम्म सञ्चालन हुने तालिममा सहभागिलाई विपद् व्यवस्थापन, उद्धार, प्राथमिक उपचार, सडक दुर्घटना जोखिम तथा न्यूनीकरण लगायतका विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गराइने गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाले जानकारी दिनुभयो ।  रासस