२६ मंसिर २०८२, शुक्रबार
,
Latest
प्रतिबन्धित मुङ्ग्री माछा नष्ट मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ जडीबुटीमा किसानलाई आकर्षित गर्दै प्रशोधन केन्द्र एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य धुर्मुसको बकपत्र: रंगशालाको समस्या समाधान भएर हामीले कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै



अ+ अ-

काठमाडौँ, २५ मङ्सिरः त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन् ।

लुम्बिनी लायन्सको कमाण्ड राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले सम्हालेका छन् भने विराटनगर किङ्स सन्दीप लामिछानेको कप्तानीमा रहेको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ । लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो ।

आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । रासस