१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘परशुराम आइकन अवार्ड–२०८२’ उपसचिवद्वय धामी र नेगीलाई



अ+ अ-

डडेल्धुरा। ‘परशुराम आइकन अवार्ड–२०८२’ उपसचिवद्वव वीरबहादुर धामी र दीपक नेगीलाई प्रदान गरिएको छ ।

यहाँको परशुराम नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवसका अवसरमा आज परशुरामधाममा आयोजित कार्यक्रममा उहाँहरूलाई निजामती सेवाको माथिल्लो तहमा नाम निकालेर युवाहरूको प्रेरणा बनेको भन्दै सम्मान गरिएको हो । परशुराम नगरवासी दुवै जनाले यसै वर्ष उपसचिवमा नाम निकाल्नुभएको हो ।

आजै बसेको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार विभिन्न छ विधामा उत्कृष्ट व्यक्तित्व र कम्पनीलाई पनि सम्मान गरिएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिनुभयो ।

कार्यक्रममा रु ५० हजार राशिको ‘परशुराम अचिभर्स अवार्ड’ राजेश जोशी र आकृति पाण्डेयलाई प्रदान गरिएको छ । यसै वर्षदेखि सुरु भएको यो सम्मान यहाँका उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्न थालिएको हो ।

यसैगरी जनही रु २५ हजार राशिको ‘उत्कृष्ट विद्यार्थी अवार्ड’ कक्षा ८ का छात्रमोहन थापामगर, आयुस भट्ट र छात्रातर्फ प्रतिभा भट्ट, कक्षा १० का छात्रतर्फ किसोर गिरि र छात्रातर्फ रितिका पनेरु तथा कक्षा १२ का छात्रतर्फ दीपेन्द्र बोहरा र छात्रातर्फ खगन्ति बोहरालाई प्रदान गरिएको छ ।

यस्तै, जनही रु ५१ हजार राशिको ‘उत्कृष्ट खेलाडी अवार्ड’ बक्सिङका  सुरेश चुनारा र योगातर्फ पुष्पा नाथ, जनही रु ५१ हजार राशिकै ‘उत्कृष्ट कृषक अवार्ड’ नरेन्द्र नेगी (कृषि) र मिलन घिमिरे (पशुपालन) र ‘उत्कृष्ट निर्माण व्यवसायी सम्मान’ सिगास निर्माण सेवालाई प्रदान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।

तत्कालीन जोगबुढा र शीर्ष गाविसलाई एकीकृत गरी स्थापना भएको दिनलाई यहाँ दिवसका रूपमा मनाउने गरिन्छ । त्यस अवसरमा आज परशुरामधाममा बृहत् सरसफाइ तथा रङरोगन कार्यक्रम गरिएको थियो ।