१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने

एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ : अध्यक्ष ओली

एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन, मानव र पृथ्वीकै हितमा केन्द्रित छ : अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको राजनीति केवल सत्ता र चुनावमा केन्द्रित नभई समग्र मानव जातिको हितमा केन्द्रित रहेकोे बताउनुभएको छ ।

एमालेको केन्द्रीय वन तथा वातावरण विभागले आज आयोजना गरेको वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले वातावरण, वन, वन्यजन्तु र प्रकृतिमा निर्भर जीव–जन्तुको संरक्षणप्रति एमाले पार्टी निरन्तर दृढ रहेको बताउनुभयो ।

‘हाम्रो पहिलो निष्ठा देशवासी र मानव जातिप्रति हो, हामी केवल चुनाव वा सरकारमा मात्र सीमित छैनौँ, मानव जातिलाई आवश्यक सबै पक्षप्रति हाम्रो गम्भीर ध्यान छ’, उहाँले भन्नुभयो ।

नेपालको भूभागको ठुलो हिस्सा वन क्षेत्रले ढाकिएको जनाउँदै ओलीले वन्यजन्तुको दिगो व्यवस्थापनका लागि क्षमता अनुसार संरक्षण नीति अघि सारिनुपर्ने विचार व्यक्त गर्नुभयो । ‘हाम्रा वनले धान्ने सङ्ख्यामा मात्रै बाघ पाल्नुपर्छ, हौसिने काम गर्नुहुँदैन, हौसियो भने बाघले मान्छे गन्दैन,’ उहाँले भन्नुभयो ।

वातावरणीय असन्तुलन तथा जलवायु अन्यायको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले वातावरण जोगाउने मुलुकले भोगिरहेको आर्थिक बोझ र प्रदूषण फैलाउने मुलुकहरूले पाएको फाइदा अन्यायपूर्ण रहेको टिप्पणी गर्नुभयो ।

‘हामी वातावरण जोगाइरहेका छौँ, तर गरिबी बोकेका छौँ, हामीले तेल किनेर चलाउनुपर्छ, वातावरण बिगार्नेले अक्सिजन सित्तैमा पाउने यो मुलुकका लागि न्याय होइन,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले फरक प्रसङ्गमा नेपाली जनतालाई झुक्याउनेहरुको रजगज भएको बताउनुभयो ।

वातावरण सच्याउनको लागि सबैभन्दा पहिला राजनीतिको मुहान सच्याउनु पर्ने उहाँको धारणा छ । अहिले राजनीति नै फोहोर भएकोले सबैभन्दा पहिला त्यसलाई सच्याउने पर्ने ओलीले बताउनुभयो ।

आगजनी, वितण्डा, राष्ट्रिय क्षतिलाई आन्दोलन भन्दै केही मानिसहरूले देश र लोकतन्त्रलाई क्षति पुग्ने गरी राज गरिरहेको उहाँको भनाइ थियो ।

अवैध र अनधिकृत रूपमा सिफारिस गरिएको संसद् विघटनविरुद्ध बोल्न नसक्ने हो भने नेपाली डिक्सनेरीबाट सत्य भन्ने शब्द डिलिट गर्दिए हुने उहाँको तर्क छ ।

ओलीले अदालतले पनि मान्छे र पार्टी हेरेर फैसला गर्ने परिपाटी बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । मधेस प्रदेश सरकारबारे सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले अदालतले आफ्नो र संविधानको मर्यादा राखेर फैसला गर्नुपर्ने बताउनुभयो ।

‘कानुन हेरेर होइन, मान्छे र पार्टी हेरेर फैसला गर्ने अदालतको समेत परिपाटी बसेको छ, संविधानले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ भनेको छ, एक महिना पुग्न चार दिन बाँकी होला, सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिनू भन्छ, म सुन्दा आश्चर्य चकित भएँ, चार दिनपछि त एक महिना पुग्छ तीन दिन अगाडि तान्नको लागि संविधान विपरीत आदेश दिन्छ’, उहाँको भनाइ थियो ।